कालिकोटमा भएको बम विस्फोटकाे घटनाबारे आयोगले थाल्याे अनुगमन

काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगले कालिकोटमा भएको बम विस्फोटको घटनाबारे अनुमगमन सुरु गरेको छ।
जिल्लाको तिलागुफा नगरपालिका–१० मा कात्तिक १२ गते बम विस्फोटमा परी २ जना बालिकाको मृत्यु भएकोे तथा ३ जना बालबालिका घाइते भएको घटनाको सम्बन्धमा आयोगले सम्बन्धित निकायमा पत्राचार गर्नुका साथै, घटनाको स्थलगत अनुगमन गर्न टोली पठाएको हो।
यस प्रकारका घटनालाई संवेदनशील रूपमा लिई घटनाको स्वतन्त्र र निष्पक्ष छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउन, घटनाका पीडितलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्नसमेत आयोगले आग्रह गरेको छ।
यस्तै, घाइते बालबालिकाहरूको निःशुल्क र प्रभावकारी स्वास्थ्योपचारको व्यवस्था गर्न, आगामी दिनमा यस प्रकारका घटना नदोहोरिने वातावरणको सुनिश्चितता गर्न तथा व्यक्तिको जीवनको अधिकार संरक्षण गर्ने गराउने कार्यमा संवेदनशील हुनसमेत आयोगको आग्रह छ।
कात्तिक १५, २०७९ मंगलबार १८:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।