टी–ट्वेन्टी विश्वकप : इंग्ल्याण्ड २० रनले विजयी, हारेको न्यूजिल्याण्ड शीर्ष स्थानमा

टी–ट्वेन्टी विश्वकप : इंग्ल्याण्ड २० रनले विजयी, हारेको न्यूजिल्याण्ड शीर्ष स्थानमा

काठमाडौं : अस्ट्रेलियामा जारी टी–ट्वेन्टी विश्वकपमा मंगलबारको खेलमा इंग्ल्याण्ड विजयी भएको छ।

सुपर–१२ अन्तर्गत समूह १ को ब्रिसबेनमा भएको खेलमा इंग्ल्याण्डले न्यूजिल्याण्डलाई २० रनले पराजित गरेको हो।

१८० रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्ड निर्धारित ओभरमा ६ विकेट गुमाएर १५९ रनमामा समेटियो। न्यूजिल्याण्डका ग्लेन फिलिप्सले ६२ र केन विलियम्सनले ४० रन बनाए।

इंग्ल्याण्डका क्रिस वोक्स र साम करनले समान दुई–दुई विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७९ रन बनायो। उसका लागि जस बट्लरले ७२, एलेक्स हल्सले ५२ जोडे।

बलिङतर्फ लुकी फेर्गुसनले दुई विकेट लिए।

जितसँगै इंग्ल्याण्ड ५ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। हारपछि पनि न्यूजिल्याण्ड समान ५ अंकसहित पहिलो स्थानमा छ।

समान पाँच अंक भएको अस्ट्रेलिया तेस्रो र चार अंक भएको श्रीलंका चौथो स्थानमा छ। आयरल्याण्ड र अफगानिस्तान क्रमशः पाँचौं र छैटौं स्थानमा छन्।

कात्तिक १५, २०७९ मंगलबार १८:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।