एमाले घोषणापत्र : अन्तरीक्षमा स्याटेलाइट, समुन्द्रमा झण्डासहितको पानीजहाज

एमाले घोषणापत्र : अन्तरीक्षमा स्याटेलाइट, समुन्द्रमा झण्डासहितको पानीजहाज

काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि एमालेले मंगलबार घोषणापत्र सार्वजनिक गर्यो।

पाँच वर्षका लागि २० ग्यारेन्टी गर्दै सार्वजनिक गरिएको घोषणापत्रमा जनतालाई ५० युनिट बिजुली र १० हजार लिटर पाटी सित्तैमा दिने उल्लेख छ।

यस्तै उसले छिमेकी मित्र राष्ट्रहरूको सामुद्रिक बन्दरगाह प्रयोग गरी नेपाली झण्डासहितको पानीजहाज सञ्चालनमा ल्याउने घोषणा गरेको छ।

नेपालका प्रमुख नदी हुँदै गंगाबाट कलकत्ता बन्दरगाह र समुद्रसम्मको जल यातायात सञ्चालन गर्नेसमेत एमालेको घोषणा छ ।

त्यसैगरी, नेपालको स्वामित्वमा रहेको अर्बिटल स्लट उपयोग गरी अन्तरिक्षमा आफ्नै स्याटेलाइट स्थापना गरिने एमालेले घोषणा गरेको छ।

सातै प्रदेशमा फिल्म सिटी निर्माण गर्ने घोषणा पत्र सार्वजनिक गरेको एमालेले ५ वर्षमा १०० खर्बको अर्थतन्त्र बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

त्यसैगरी एमालेले जनादेशविपरीत प्रधानमन्त्रीलाई पाँच वर्षे कार्यकाल पूरा गर्न नदिने र आफूलाई सडकबाटै कारबाही गर्ने अराजक काम भएपछि बाध्यात्मक अवस्थामा प्रतिनिधिसभा विघटन गरेको प्रष्टीकरण दिएको छ।

कात्तिक १५, २०७९ मंगलबार १८:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।