दशरथ रंगशालामा नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण फुटबल हुने

काठमाडौं : नेपाल र पाकिस्तानबीच कात्तिक ३० गते मैत्रीपूर्ण खेल हुने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार विज्ञप्ति जारी गर्दै खेल काठमाडौंस्थित दशरथ रंगशालामा हुने जनाएको हो।
पाकिस्तानले दुई मैत्रीपूर्ण खेलका प्रस्ताव गरेकोमा एन्फाले निर्वाचनका कारण एक खेल मात्र गर्न सकिने जवाफ पठाएको हो।
यसैबीच यो खेलका लागि एन्फाले प्रवेश कटुवाललाई कार्यवाहक प्रशिक्षक नियुक्त गरेको छ।
अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिएपछि एन्फाले राष्ट्रिय फुटबल टोलीका लागि प्रमुख प्रशिक्षक नियुक्त गरेको छैन।
कात्तिक १५, २०७९ मंगलबार १७:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।