झुण्डिएकाे अवस्थामा भेटिएकी वसन्तीकाे श्रीमान्ले हत्या गरेकाे प्रहरीकाे दाबी

ललितपुर : आफ्नै श्रीमतीको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरको छ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-२५ नख्खुडोल भैसेपाटीमा डेरा गरी बस्ने गुल्मी इस्मा गाउँपालिका–१ का २९ वर्षीय राम कुमाल रहेका छन्।
उनले २८ वर्षीया श्रीमती जमुना भन्ने वसन्ती कुमालको हत्या गरेको प्रहरी परिसर ललितपुरले जनाएको छ।
वसन्तीको कात्तिक १२ गते साँझ झुण्डिएको अवस्थामा शव भेटिएको थियो। प्रहरीले अनुसन्धानमा श्रीमान्ले हत्या गरेको खुलेपनि उनलाई पक्राउ गरिएको हो।
उनी उपर जिल्ला अदालत ललितपुरबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको छ।
कात्तिक १५, २०७९ मंगलबार १७:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।