नेप्सेमा ५६ अंकको सुधार, एनआईसी एसिया बैंकमा झुम्मिए लगानीकर्ता

नेप्सेमा ५६ अंकको सुधार, एनआईसी एसिया बैंकमा झुम्मिए लगानीकर्ता

काठमाडौं : कारोबार हुने साताको तेस्रो दिन शेयर बजारमा ५६ अंकको सुधार आएको छ।

तिहार र छठपछि खुलेको पहिलो दिन १६ अंकले बढेको बजार दोस्रो दिन ५६ अंकले बढेको हो। नेप्से परिसूचक ५६ अंकले बढेर १९३० मा पुग्दा सेन्सेटिभ परिसूचक ११ अंकले बढेर ३८२ विन्दुमा पुगेको छ।

बजार बढ्दा कारोबार रकम पनि बढेको छ। यस दिन २३१ कम्पनीको ३९ लाख ७१ हजार ५९४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २९ करोडको कारोबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ।

आज तेह्र उपसूचक सबैमा हरियाली छाएको छ। सबैभन्दा बढि अन्य समूह ५.२८ प्रतिशतले बढ्दा त्यसपछि जलविद्युत् समूह ४.३७ अंकले बढेको हो। सबैभन्दा कम म्युचल फण्ड ०.५३ अंकले बढेको हो।

यसदिन न्यादी हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा युनिभर्सल पावर कम्पनीको शेयर ९ प्रतिशतले उकालो लागेको छ। एनआईसी एसिया बैंकमा लगानीकर्ता सबैभन्दा बढि झुम्मिँदा त्यसपछि नबिल बैंकलाई लगानीकर्ताले रुचाएका छन्।

कात्तिक १५, २०७९ मंगलबार १५:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।