टी–ट्वेन्टी विश्वकपबाट बाहिरियो अफगानिस्तान, श्रीलंकको सेमिफाइनल सम्भवना कायमै

काठमाडौं : अस्ट्रेलियामा जारी टी–ट्वेन्टी विश्वकपमा श्रीलंकाले सेमिफाइनल पुग्ने सम्भावनालाई जीवितै राखेको छ।
मंगलबार अफगानिस्तानलाई ६ विकेटले पराजित गरेसँगै श्रीलंकाको अन्तिम चारमा पुग्ने आशा जीवित बनेको हो।
अब समूहको अन्तिम खेलमा इंग्ल्यान्डलाई पराजित गर्न सके श्रीलंका अन्तिम चार पुग्ने सम्भावना हुनेछ।
श्रीलंका अन्तिम चारमा पुग्नका लागि आफूले जित निकालेर मात्र पुग्दैन, अस्ट्रेलिया र न्युनजिल्यान्डको हारको कामना गर्नु पर्नेछ। यता हारसँगै अफगानिस्तान भने बाहिरिएको छ।
समूह–१ मा तीन खेलबाट ५ अंक जोडेको न्युजिल्यान्ड शीर्ष स्थानमा छ। चार खेलबाट ५ अंक नै जोडेको अस्ट्रेलिया दोस्रो स्थानमा र ४ अंकसहित श्रीलंका तेस्रो स्थानमा उक्लिएको छ। चौथो स्थानको इंग्ल्यान्डको ३ खेलबाट ३ अंक छ।
मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ८ विकेटको क्षतिमा १४४ रन जोड्यो।
उसका लागि रहमुल्लाह गुर्बाजले २८ रन र उस्मान घानीले २७ रन जोडे। बलिङमा श्रीलंकाका विनन्दु हर्षरंगाले ३ विकेट लिए।
१४५ रनको लक्ष्य श्रीलंकाले १८.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। उसका धनन्जय डि सिल्भाले नटआउट ६६ रन जोडे।
कात्तिक १५, २०७९ मंगलबार १५:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।