नाबालिग किशोरीलाई गेष्ट हाउसमा पटक-पटक बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

काठमाडौं : नाबालिग किशोरीलाई कंलकीको गेष्ट हाउसमा लगेर पटक–पटक बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
१६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका–८ मातातिर्थ बस्ने २८ वर्षीय चन्दन महर्जनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।
महर्जनले ती किशोरीलाई ललाई फकाई काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित गेष्ट हाउसमा लगि विभिन्न मितिमा पटक–पटक जबरजस्ती करणी गरेको प्रहरी वृत्त, कालिमाटीले जनाएको छ।
प्रहरीले उनलाई मातातिर्थस्थित बौथली चोकबाट पक्राउ गरेको हो।
कात्तिक १५, २०७९ मंगलबार १४:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।