एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै, ओलीसँग 'लाइभ डिबेट' समेत हुने

एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै, ओलीसँग 'लाइभ डिबेट' समेत हुने

काठमाडौं: नेकपा एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। आज दिउँसो १:३० बजे होटल याक एण्ड यतिमा घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताएका छन्।

कार्यक्रमको नाम 'एमालेको चुनावी घोषणापत्र: ओलीसँग प्रत्यक्ष बहस' रहेको छ। घोषणापत्र कार्यक्रममा ओलीले सहभागीहरूसँग 'लाइभ डिबेट' गर्नेछन्।

एमालेको घोषणापत्रमा ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई नै निरन्तरता दिइने भएको छ।

हिजो माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाले चुनावी घोषणापत्र सार्वजनिक गरेका थिए। यस्तै नेपाली कांग्रेसले पनि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेको छ।

कात्तिक १५, २०७९ मंगलबार ०९:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।