विङ्गरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु, पछाडि सवार युवती घाइते

सिरहा: धनगढीमाई नगरपालिका- ७ मा हिजो विङ्गरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। सोही दुर्घटनामा एक युवती समेत घाइते भएकी छिन्।
मृत्यु हुनेमा मोटरसाइकल चालक गोलबजार नगरपालिका- १२ बस्ने २२ वर्षीय अमरेशकुमार मण्डल रहेका छन्। उनको उपचारको क्रममा कसहा हेल्थ केयर सिरहामा मृत्यु भएको हो।
घाइते भएकी मोटरसाइकलमा पछाडि सवार १८ वर्षीया पर्वतीदेवी मण्डलको भने मेट्रो हेल्थ केयरमा उपचार भइरहेको छ। प्रदेश-२-०१-००१ प ३९८२ नम्बरको मोटरसाइकललाई बा२१च ५८४४ नम्बरको विङ्गरले हिजो साँझ सवा ६ बजे ठक्कर दिएको थियो।
विङ्गर चालकलाई भने प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
कात्तिक १५, २०७९ मंगलबार ०८:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।