विश्वकपमा आज अफगानिस्तान-श्रीलङ्का र इङ्ग्ल्याण्ड-न्युजिल्याण्ड भिड्ने

काठमाडौं: अष्ट्रेलियामा जारी टी ट्वेन्टी विश्वकपअन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा अफगानिस्तान र श्रीलङ्का भिड्दैछन्।
यी दुई टोलीबीच नेपाली समयअनुसार ९:४५ बाट खेल सुरु हुनेछ। समूह १ को अंकतालिकामा अफगानिस्तान पुछारमा छ। आफ्नो तीनमध्ये एक खेलमा हार र बाँकी दुई खेल वर्षाले प्रभावित बनेकाले अफगानिस्तान यो प्रतियोगितामा अभागी टोली बनेको छ।
यस्तै एसिया कप विजेता श्रीलङ्का तीनमध्ये दुई खेलमा पराजित छ भने एक जित हात पारेको छ।
आजको दोस्रो खेल इङ्ग्ल्याण्ड र न्युजिल्याण्डबीच हुनेछ। खेल नेपाली समयअनुसार दिउँसो १:४५ बाट सुरु हुनेछ।
आयरल्याण्डसँगको हार र वर्षाले अष्ट्रेलियाविरुद्धको खेल रद्द भएकाले इङ्ग्ल्याण्ड दबाबमा छ। सेमिफाइनल यात्रा तय गर्न अष्ट्रेलियाको तगारो हटाउन इङ्ग्ल्याण्डले आज खेल जित्नैपर्छ।
यस्तै न्युजिल्याण्डले पनि वर्षाले खेल रद्द हुँदा अफगानिस्तानसँग अंक बाँडेको थियो। न्युजिल्याण्ड हालसम्म अपराजित छ र अंकतालिकामा शीर्ष स्थानमा छ।
कात्तिक १५, २०७९ मंगलबार ०८:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।