आज देशभर मौसम सफा तर दिउँसो र राति हल्का वर्षाको सम्भावना

आज देशभर मौसम सफा तर दिउँसो र राति हल्का वर्षाको सम्भावना

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो र राति हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

यतिबेला देशभर मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

कात्तिक १५, २०७९ मंगलबार ०७:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।