पश्चिम नवलपरासीमा डुंगा दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई जना गम्भीर घाइते

पश्चिम नवलपरासीमा डुंगा दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई जना गम्भीर घाइते
फाइल तस्बिर

बुटवल : पश्चिम नवलपरासीमा डुंगा दुर्घटनामा ३ जनाको ज्यान गएको छ।दुई जना गम्भीर घाइते भएका छन्।

सुस्ता गाउँपालिका–४, नर्सही गोकुलनगर स्थानीय युवाहरू गाउ नजिकैको घोला खोला किनारमा रहेको थुम्कोमा बनभोज खाएर फर्केका किशोरहरू घोला तरेर फर्किन लाग्दा दुर्घटना भएको गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले बताए।

सुस्ता गाउँपालिकाका निर्वतमान अध्यक्ष राम प्रसाद पाण्डेका अनुसार सोमबार दिउँसो स्थानीय गोकुल नगरका ७ जना युवाहरू वनभोज खान गएका र फर्किने क्रममा ५ जना डुंगा चढेको र अन्य २ जना पैदलै हिडेका थिए।

डुंगामा चढेर खोला पार गर्ने क्रममा घोलाको बीच भागमा पुगेपछि डुंगा अनियन्त्रित भई पल्टिएको र उनीहरू मध्ये ३ जनाको घटनास्थलमै मृत्यु भएको हो।

अन्य २ जनाको गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि बर्दघाट नपामा रहेको चौपत्ता अस्पतालमा ल्याइएको बताइएको छ।

घाइतेहरूको अवस्था समेत अत्यन्त गम्भीर रहेको स्थानीय बताएका छन्। दुर्घटनामा परि घाइते हुने तथा मृत्यु हुनेहरू सबै १८ वर्ष देखि २० वर्ष हाराहारीका युवाहरू रहेका छन्।

कात्तिक १४, २०७९ सोमबार २१:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।