नेपालले कीर्तिपुरमा युएईसँग ३ खेलको ओडीआई शृंखला खेल्ने

काठमाडौं : नेपालले युएईसँग तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृंखला खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले युएईसँग ओडिआई शृंखला खेल्ने सोमबार जनाएको छ। खेल कीर्तिपुरस्थित टीयू मैदानमा हुनेछ।
हाल जारी प्रधानमन्त्री कप क्रिकेट सकिएपछि शृंखला सुरु हुनेछ। नेपाल र युएईबीच कात्तिक २८, ३० र मंसिर २ गते खेल हुनेछ।
नामिबियामा हुने लिग टू को शृंखलाअघि नेपालले युएईसँग खेल्न लागेको हो।
कात्तिक १४, २०७९ सोमबार २०:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।