‘नो नट अगेन’लाई रोक लगाएपछि सर्वोच्चमा निर्वाचन आयोगविरुद्ध रिट

काठमाडौं : निर्वाचन आयोगले फेसबुकमा सक्रिय ‘नो नट अगेन’लाई बन्द गर्न विज्ञप्ति जारी भएकोमा सर्वोच्च अदालतमा रिट दायर भएको छ।
आयोगले स्वतन्त्रता र सञ्चारको हकलाई बन्देज गर्ने कार्य गरेको भन्दै अधिवक्ता अनिल आचार्यले रिट दायर गरेका हुन्। रिटमा उत्प्रेषणको आदेशले आयोगको निर्णयलाई बदर गर्न माग गरिएको छ।
साथै रिटमा जुनसुकै माध्यममा आफ्नो विचार अभिव्यक्त गर्न कुनै किसिमको रोक नलगाउनु भनि विपक्षीहरूको नाममा परमादेश लगायत अन्य उपयुक्त आदेश जारी गरीपाऊँ भनिएको छ।
कात्तिक १४, २०७९ सोमबार २०:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।