'कृष्ण गोपाल अङ्कलसँग एजेन्डा र भिजनमा बहस गर्न चाहन्छु'

काठमाडौं : काठमाडौं क्षेत्र नंम्बर ९ का उम्मेदवार मिलन पाण्डेले कृष्ण गोपाल श्रेष्ठसँग एजेन्डा र भिजनमा बहस गर्न आतुर रहेको बताएका छन्।
काठमाडौंमा भएको एक कार्यक्रममा पाण्डेले एउटा सञ्चार माध्यमले बहसको लागि बोलाएको भए पनि कृष्ण गोपाल श्रेष्ठ बहसमा नआएको बताए।
उनले सञ्चार माध्यमहरूलाई आफू र कृष्णगोपाल श्रेष्ठको बहस काठमाडौं–९ का मतदाताले हेर्न चाहेकोले आयोजना गरिदिन अनुरोध गरे।
पाण्डेले विशेष गरी शिक्षा नीतिमा बहस गर्न श्रेष्ठलाई आव्हान गरे। पाण्डे शैक्षिक अभियन्ता पनि हुन् भने श्रेष्ठ पूर्व शिक्षा मन्त्री हुन्।
पाण्डेले कार्यक्रमलाई सम्बोधन गर्दै कृष्ण गोपाल श्रेष्ठ पहिलो पटक लड्दै गर्दा आफू २ वर्षको रहेको र अहिले आफू ३३ वर्षको भइसक्दा पनि कृष्ण गोपाल श्रेष्ठ आठौं पटक फेरि उठ्दा क्षेत्रले के नवीनता पाउँछ भनेर प्रश्न गरे।
कात्तिक १४, २०७९ सोमबार १८:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।