टी–ट्वेन्टी विश्वकप : घरेलु टोली दोस्रो स्थानमा, आयरल्याण्ड ४२ रनले पराजित

काठमाडौं : घरेलु टोली अस्ट्रेलियाले जारी टी–ट्वेन्टी विश्वकप सुपर–१२ को ग्रुप–१ अन्तर्गत सोमबारको खेलमा आयरल्यान्डलाई ४२ रनले पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ।
अस्ट्रेलियाको चार खेलबाट ५ अंक भएको छ। उसले अन्तिम खेलमा अफगानिस्तानको सामना गर्नेछ।
न्यूजिल्यान्डको ४ खेलबाट ५ अंक छ भने आयरल्यान्ड ४ खेलबाट ३ अंकमै सीमित रह्यो। जितका लागि १ सय ८० रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको आयरल्यान्डले १८.१ ओभरमा अलआउट हुनुअघि १ सय ३७ रन बनायो।
उसका लागि रोलकन टकरले सर्वाधिक ७१ रन बनाए र नटआउट रहे। आयरल्यान्डले टस जितेर अस्ट्रेलियालाई पहिले ब्याटिङको निम्तो दिएको थियो। यसै क्रममा डिफेन्डिङ च्याम्पियनले ५ विकेट गुमाएर १ सय ७९ रन बनायो।
त्यसमा कप्तान एरोन फिन्चको सबैभन्दा बढी योगदान रह्यो। उनले ४४ बलमा ६३ रन बनाए र ५ चौका तथा ३ छक्का प्रहार गरे। मार्कस स्टोइनसले ३५ रनको योगदान दिए।
कात्तिक १४, २०७९ सोमबार १७:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।