छठको पूजास्थलमै छुरा प्रहारबाट बालकको हत्या

छठको पूजास्थलमै छुरा प्रहारबाट बालकको हत्या

काठमाडौं: दमकका एक बालकको छठ पूजास्थलमा छुरा प्रहारबाट हत्या गरिएको छ। मोरङको उर्लाबारी– ७ स्थित मावा खोलामा आयोजित छठ पूजास्थलमा आइतबार साँझ छुरा प्रहारबाट झापा दमक–१० बस्ने १४ वर्षीय दिवस श्रेष्ठको हत्या गरिएको हो।

हत्यामा संलग्नको खोजीका लागि प्रहरी परिचालन गरिसकेको र केही शङ्कास्पदको नाम प्राप्त भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापाले बताए।

छुरा प्रहारबाट घाइते श्रेष्ठलाई उर्लाबारीस्थित गोदावरी हस्पिटल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि झापाको बीएण्डसी हस्पिटलमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

कात्तिक १४, २०७९ सोमबार १३:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।