रुपन्देहीमा कारले ठक्कर दिँदा ३५ दिने शिशुसहित तीन जनाको मृत्यु, दुई घाइते

बुटवल: रुपन्देहीमा कारको ठक्करबाट तीन जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा दुई जना घाइते भएका छन्।
भैरहवाबाट परासीतर्फ जाँदै गरेको कारले ओमसतिया- ४ पननीमा बिहान ठक्कर दिँदा एक शिशुसहित तीन जनाको ज्यान गएको हो।मृत्यु हुनेमा ओमसतिया –४ पननीकै वर्ष १४ कि सीमा कुर्मी, वर्ष २८ कि प्रमिला कुर्मी र ३५ दिनको एक शिशु रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक रवीन्द्र रेग्मीले बताए।
छठ घाट जाने क्रममा उनीहरूलाई भैरहवातर्फबाट गएको गाडीले ठक्कर दिएको थियो। ठक्कर दिएपछि गाडीसहित फरार भएका चालक अझै पक्राउ परेका छैनन्।
त्यस्तै शिशुकी आमा २४ वर्षिया वन्दना कुर्मी र सोही ठाउँ बस्ने २६ वर्षीया मञ्जु कुर्मी घाइते भएका छन्। घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ।
गाडी र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
कात्तिक १४, २०७९ सोमबार १२:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।