राप्रपाको घोषणापत्र: २०४६ पछिका उच्चपदस्थ नेता र कर्मचारीमाथि छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने [पूर्णपाठ]

राप्रपाको घोषणापत्र: २०४६ पछिका उच्चपदस्थ नेता र कर्मचारीमाथि छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने [पूर्णपाठ]

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। आज बानेश्वरको थापागाउँस्थित एक ब्याङ्क्वेटमा पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले घोषणापत्र सार्वजनिक गरेका हुन्।

राप्रपाको घोषणापत्रमा २०८७ सालसम्ममा नेपाललाई मध्यम आयस्तर भएको मुलुकमा स्तरोन्नति गर्ने दीर्घकालीन मार्गचित्र प्रस्तुत गरिएको छ। यस्तै दीर्घकालीन राष्ट्रिय लक्ष्यमा पुँजी निर्माण, निःशुल्क शिक्षा र स्वास्थ्य लगायत छन्।

घोषणापत्रमा उल्लेख भएअनुसार राप्रपाले अभिभावकीय संस्थाको रूपमा राजसंस्थालाई स्वीकार गर्ने बताएको छ। यस्तै प्रदेशको खारेजी अनि केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय स्वरूपको पार्टीले कल्पना गरेको छ।

जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक सांसदको व्यवस्थाको पनि घोषणापत्रमा उल्लेख छ।

यसका साथै एकै व्यक्तिले दुई कार्यकालभन्दा बढी पार्टी अध्यक्ष र प्रधानमन्त्री जस्तो पदमा बस्न नपाउने पनि उल्लेख छ। पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको पक्षमा पार्टी उभिएको छ।

'बरू नष्ट हुन्छौँ भ्रष्ट हुँदैनौँ' भन्दै पार्टीले उच्चस्तरीय नागरिक आयोग गठन गरी २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने कानूनी व्यवस्था गर्ने कुरा पनि घोषणा पत्रमा उल्लेख गरिएको छ।

नेपालको शान्ति क्षेत्र प्रस्तावलाई पुनर्जीवित पारिने पनि बताइएको छ। यस्तै प्रवासी नेपालीलाई मताधिकार दिने पनि दावी गरिएको छ।

यस्तो छ घोषणापत्रको पूर्णपाठ

कात्तिक १४, २०७९ सोमबार १२:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।