विश्वकपमा आज छैटौँ वरीयताको अष्ट्रेलिया र १२औँ वरीयताको आयरल्याण्ड भिड्ने

काठमाडौं: अष्ट्रेलियामा जारी टी ट्वेन्टी विश्वकपमा आज घरेलु टोली अष्ट्रेलिया र आयरल्याण्ड भिड्दैछन्। टी ट्वेन्टी वरीयतामा छैटौँ स्थानमा रहेको अष्ट्रेलियाले १२औँ वरीयतामा रहेको आयरल्याण्डको सामना गर्ने भएको हो।
खेल नेपाली समयअनुसार दिउँसो १:४५ बाट सुरु हुनेछ।
अष्ट्रेलियाका लागि आजको खेल सहज भने छैन। आयरल्याण्डले यसअघि बलियो टोली र उपाधिको दावेदार मानिएको इङ्गल्याण्डलाई पाँच रनले हराएको थियो। तीन खेलमा आयरल्याण्ड एक हार, एक जित र एक नतिजाविहीन हुँदै अंकतालिकामा तेस्रो स्थानमा छ।
यता अष्ट्रेलियाले पनि हालसम्म तीन खेल खेल्दा एक हार, एक जित र एक नतिजाविहीन छ। रनरेटका आधारमा अष्ट्रेलिया आयरल्याण्डभन्दामुनि चौथो स्थानमा छ।
कात्तिक १४, २०७९ सोमबार ०८:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।