मधेश प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं: मधेश प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ। छठ पर्वको अन्तिम दिन आज परेकाले सोही अवसरमा सार्वजनिक बिदा दिइएको हो।
देशभर भने हिजो अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिन मात्र सार्वजनिक बिदा थियो। आज उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुन्छ।
यसअघि मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै सोमबार सार्वजनिक बिदा रहेको जानकारी दिएका थिए।
कात्तिक १४, २०७९ सोमबार ०७:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।