बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ सम्पन्न

बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ सम्पन्न

काठमाडौं: मिथिला क्षेत्रसहित देशका विभिन्न स्थानमा मनाइएको छठ पर्व आजबाट सकिएको छ। आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ सम्पन्न भएको हो।

पञ्चमी तिथिका दिन मङ्गलबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत बसेका वर्तालुले आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै ‘भोरका अरख’ सम्पन्न गरेका हुन्। ‘भोरका अरख’ गरिएसँगै छठ पर्व समापन हुन्छ।

आज बिहान मिथिला क्षेत्रमा ६ बजेर १४ मिनेट जाँदा सूर्योदय भएको थियो। मिथिलामा सूर्योदयको टुङ्गो मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा गरिन्छ। यद्यपि मिथिला क्षेत्रमा आज बिहान मौसम सफा भएको हुँदा छठका वर्तालुले झलमल्ल पारिलो घाम झुल्केको देखेपछि अर्घ्य दिएर पर्व सम्पन्न गरेका हुन्।

यसअघि वर्तालु सूर्योदय हुनु एक घडीपूर्वदेखि नै कम्मरसम्म डुब्ने पानीमा तीन पटक चोबलिएर सूर्यलाई चाँडै देखिन गीतबाट पुकारा गरी रहेका थिए।

कात्तिक १४, २०७९ सोमबार ०७:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।