पीएम कपमा एपीएफले आर्मीलाई हरायो, चार खेलाडीले बनाए अर्धशतक

पीएम कपमा एपीएफले आर्मीलाई हरायो, चार खेलाडीले बनाए अर्धशतक

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा सशस्त्र प्रहरीको एपीएफले त्रिभुवन आर्मी क्लबलाई ५६ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

२२० रनको लक्ष्य पछ्याएको आर्मीले ३२.१ ओभरमा सबै विकेट गुमाएर १६३ रनमा समेटिँदा एपीएफले सहज जित निकालेको हो।

एपीएपको जितम अमर रौटेलाले चार, कमल ऐरीले तीन तथा किशोर महतोले दुई विकेट लिए। आर्मीका हरि चौहानले ६५ र रोहित पौडेलले ५१ रन बनाउबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको एपीएफले ४७.४ ओभरमा सबै विकेट गुमाएर २१९ रन बनायो। उसका लागि प्रदीप ऐरीले ७१, सुन्दीप जोराले ५०, भुवन कार्कीले २६, शरद भेषावकरले १६ तथा अमर रौटेलाले नटआउट १० रन जोडे। अन्य पाँच खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङतर्फ एपीएफका विक्रम सोबले चार, कुशल मल्ल र साहब आलमले समान दुई–दुई तथा सुसान भारी र जितेन्द्र मुखियाले समान एक–एक विकेट लिए।

आजको खेलमा चार खेलाडीले अर्धशतक बनाएका छन्। आर्मीका हरि चौहान र रोहित पौडेल तथा एपीएफका प्रदीप ऐरी र सुन्दीप जोराले ५० रन पार गरेका हुन्।
दश टिम रहेको प्रतियोगिताको विजयी टीमले १० लाख तथा उपविजेताको ५ लाख रूपैयाँ पाउनेछन्।

कात्तिक १३, २०७९ आइतबार १६:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।