डेंगु लागेर अस्पताल भर्ना भएका स्वास्थ्य राज्यमन्त्री १६औं दिनमा डिस्चार्ज

डेंगु लागेर अस्पताल भर्ना भएका स्वास्थ्य राज्यमन्त्री १६औं दिनमा डिस्चार्ज

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसी वीर अस्पतालबाट डिस्चार्ज भएका छन्।

डेंगु संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका केसी आइतबार १६औं दिनमा डिस्चार्ज भएका हुन्।

स्वास्थ्यमा सुधार आएपछि केसी डिस्चार्ज भएको वीर अस्पतालका निमित्त निर्देशक डा.भुपेन्द्र बस्नेताले जानकारी दिए।

केसीलाई शरीरका हाड जोर्नी दुख्ने, शरीर गल्ने, ज्वरो आउने समस्या देखिएको थियो।

सुरुमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना गरिएका उनलाई पछि वीर अस्पताल रेफर गरिएको हो।

अहिले केसीको स्वास्थ्य अवस्था सामान्य छ।

कात्तिक १३, २०७९ आइतबार १६:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।