जारी टी–ट्वेन्टी विश्वकपमा पाकिस्तानको पहिलो जित

जारी टी–ट्वेन्टी विश्वकपमा पाकिस्तानको पहिलो जित

काठमाडौं : अस्ट्रेलियामा जारी टी–ट्वेन्टी विश्वकपमा पाकिस्तानले पहिलो जित निकालेको छ।

पहिलो र दोस्रो खेलमा क्रमशः भारत र जिम्बावेसँग पराजित पाकिस्तानले नेदरल्याण्ड्सलाई ६ विकेटले हराउँदै पहिलो जित हात पारेको हो।

९२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १३.५ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो। उसका लागि मोहम्मद रिजवान ४९, फकर जमान २०, शान मसूद १२ र कप्तान बाबर आजम ४ रनमा आउट हुँदा  इफ्तिखर अहमद र साहब खानले क्रमशः ६ र ४ रन जोडे।

बलिङतर्फ नेदरल्याण्ड्सका ब्रेन्डन ग्लोभरले दुई र पल भन कीकिरणले समान एक–एक विकेट लिए। बाबर आजम नटआउट भएका थिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्याण्ड्सले निर्धारित ओभरमा ९ विकेट गुमाएर ९१ रन बनायो। उसका लागि कोलिन एकरमनले २७ र स्कट एडवार्ड्सले १५ रन बनाउबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङतर्फ साहब खानले तीन, मोहम्मद वसीमले दुई तथा हरिष रौफ, नसीम शाह र शाहीन शाह अफ्रिदीले समान एक–एक विकेट लिए।

जितसँगै पाकिस्तानले तीन खेलमा दुई अंक जोड्दै अंकतालिकाको पाँचौं स्थानमा छ। नेदर्ल्याण्ड्सले भने अहिलेसम्म कुनै पनि खेल जित्न सकेको छैन। उ अंकविहीन छ।

कात्तिक १३, २०७९ आइतबार १६:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।