गठबन्धनले जिते गाउँपालिकासम्म हतियारसहित अमेरिका सेना आउने भाषणले ठाकुर गैरे विवादमा, सञ्जालमा आलोचना

काठमाडौं : पाल्पा-२ मा एमालेबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका ठाकुर गैरेले गठबन्धनले जिते नेपालको सबै नगरपालिका र गाउँपालिकामा अमेरिकी सेना हतियारसहित कम्ब्याक्ट ड्रेसमा आएर उनले इच्छा गरेको समयअवधीभित्र बस्न पाउने गरी सम्झाउने हुने दाबी गरेको भिडियो भाइरल भएको छ।
उनले चुनावी प्रचारको क्रममा गठबन्धनले जिते सबै स्थानीय तहमा अमेरिकी सेना हतियारसहित आउने र आफूले चाहेको अवधिसम्म बस्ने सम्झौता गर्न गठबन्धन तयार रहेको दाबी गरेका थिए। उनको सो दाबी अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
अधिकांशले सो भिडियो सेयर गर्दै बौद्धिक मानिएका एमाले नेताले चुनावका लागि भ्रम फैलाउने काम गरेको भन्दै आलोचना भइरहेको छ।
'सम्झौता गर्न तयार भएको गठबन्धनले जित्यो भने हाम्रो राष्ट्रियता र लोकतन्त्र के होला? अमेरिका र रुसको द्वन्द्वको सिकार युक्रेन भयो,' उनले भनेका छन्' त्यसैगरी अमेरिका र चीनको द्वन्द्वको सिकार नेपाल बनाउन भइरहेको प्रपञ्च हुन नदिन यो ठाकुर गैरे प्रतिनिधि सभामा जाने हो लडाइका लागी।'
गैरे पहिलो पटक प्रतिनिधि सभाको उम्मेदवार बनेका हुन्। उनी विरुद्ध पाँच दलीय गठबन्धनबाट सोमप्रसाद पाण्डेलाई उम्मेदवार बनाएको छ।
साेम पर्सात भन्दा ठीक झै लाग्थ्यो यिनि , हैन्च क्याअओ, मेरै छेत्र पराे फेरि https://t.co/IRRfBiUQxa
— Bhaskar Gyawali (@bhaskargyawali) October 30, 2022
एमाले पार्टीको नेतृत्वमा यस्तै अल्पज्ञानी र स्वाँठहरुको बिगबिगी छ। लौ त कसैले मलाई एमालेको नेतृत्व तहमा रहेका पाँच-सात जना पढेलेखेका/विषय-विज्ञ मान्छे देखाइदिउँ! ;-)) https://t.co/JtNn8HNL6E
— गोपाल उप्रेती (@gpluprety) October 30, 2022
हे राम ! हे हरि !! https://t.co/tMiuHL4eRf
— Prashant Aryal (@Prashant68) October 30, 2022
कात्तिक १३, २०७९ आइतबार १५:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।