थप २० जनामा कोरोना, ३४ जना संक्रमणमुक्त

थप २० जनामा कोरोना, ३४ जना संक्रमणमुक्त

काठमाडौं : नेपालमा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

१ हजार ८४ जनामा गरिएको परीक्षणमा २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३४ जना संक्रमणमुक्त भएका छन्।

देशका कोरोनाका कारण कसैले पनि ज्यान गुमाएका छैनन्। देशभर ५५२ जना सक्रिय संक्रमित छन्।

कात्तिक १३, २०७९ आइतबार १५:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।