'मेन्स रुम रिलोडेड' पेज फेसबुकले हटायो

काठमाडौं : युवाहरूको समस्याबारे छलफल गर्न सुरु भएको फेसबुक पेज मेन्स रुम रिलोडेडलाई फेसबुकले हटाइदिएको छ।
फेसबुकले आफ्नो कम्युनिटी गाइडलाइनस् उलङ्घन गरेको भन्दै पेजै हटाइदिएको हो। सो पेज पछिल्लो समय बढी राजनीति केन्द्रित भएको थियो।
स्थानीय तह निर्वाचनमा बालेन शाहको पक्षमा खुलेर लागेको सो पेजले पछिल्लो समय राजनीतिक सामाग्रीलाई प्राथमिकता दिँदै आएका थिए।
सो पेजको एडमिनले फेसबुकको आर्टिफिसियल इन्टेलिजेन्सले निष्क्रिय बनाएको र रिभ्यु रिक्वेस्ट बेवास्ता गरिएको दाबी गरेका छन्।
पछिल्लो समय रुटिन अफ नेपाल बन्द पनि राजनीतिक गतिविधि केन्द्रित बनेको छ। पेडपोस्टसँगै उसले उम्मेदवार केन्द्रित सामाग्री राख्ने गरेको छ।
कात्तिक १३, २०७९ आइतबार १०:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।