सुदूरपश्चिम प्रदेशमा पहाडी जिल्लामा भूकम्पको धक्का महसुस

काठमाडौं: सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। आइतबार बिहान ९ बजेर २६ मिनेटमा ४.६ रेक्टर स्केलको भूकम्प गएको हो।
भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार उक्त भूकम्पको केन्द्रविन्दु बझाङको लेखगाउँ रहेको छ।
धक्का बैतडी, बझाङ, डोटीलगायतका जिल्लामा महसुस गरिएको छ। भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको जनाइएको छ।
कात्तिक १३, २०७९ आइतबार १०:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।