ग्वार्कोमा स्कोर्पियोले ठक्कर दिँदा २६ वर्षीया युवतीको मृत्यु

ग्वार्कोमा स्कोर्पियोले ठक्कर दिँदा २६ वर्षीया युवतीको मृत्यु

काठमाडौं: ललितपुरको ग्वार्कोमा हिजो साँझ स्कोर्पियोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। नम्बर खुल्न नसकेको निलो रङको स्कोर्पियोले पैदल हिँडिरहेकी अन्दाजी २६ वर्षीया युवतीलाई हिजो राति पौने ८ बजे ठक्कर दिएको थियो।

उपचारको लागि पाटन अस्पताल लैजाने क्रममा हिजो साँझ ८ बजे उनको बाटोमै मृत्यु भएको प्रहरी प्रभाग मङ्गललबजारले जनाएको छ।

मृतकको सनाखत हुन बाँकी छ। दुर्घटनापश्चात् फरार रहेका चालकको खोजी भइरहेको ललितपुर प्रहरीले जनाएको छ।

कात्तिक १३, २०७९ आइतबार ०९:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।