मनकामना जाँदै गरेको बस दुर्घटना: पाँच जनाको मृत्यु, २५ घाइते

मनकामना जाँदै गरेको बस दुर्घटना: पाँच जनाको मृत्यु, २५ घाइते

काठमाडौं: पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको ना६ख ७५८० नम्बरको बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा दुर्घटनामा परेको छ। बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

ईलाका प्रहरी कार्यालय बुलिङ्टारका अनुसार दुर्घटनामा परी २५ जना घाइते भएका छन्। आज बिहान ४ बजे बस दुर्घटना भएको थियो।

दुर्घटनाका घाइतेलाई उद्धार गरी चितवन ल्याउने तयारी भइरहेको छ। घटनाका सम्बन्धमा थप विवरण आउन बाँकी छ।

कात्तिक १३, २०७९ आइतबार ०८:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।