पीएम कपको तयारी पूरा, १ करोड ५० लाखको खर्च हुने

पीएम कपको तयारी पूरा, १ करोड ५० लाखको खर्च हुने

काठमाडौं : आइतबारदेखि कीर्तिपुर र मुलपमानी क्रिकेट मैदानमा हुने प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ।

सात प्रदेशका र तीन विभागीय गरी १० टोली  सहभागी हुने प्रतियोगताको तयारी सुरु भएको हो। १ करोड ५० लाख रूपैयाँको लागतमा हुने प्रतियोगितामा ६० लाख रूपैयाँ राष्ट्रिय खेलकुद परिषद्ले उपलब्ध गराउने कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले जानकारी दिए।

प्रतियोगिताका विजेताले १० लाख, उप–विजेताले ५ लाख र सेमिफाइनल पुग्ने टीमलाई ५० हजार रूपैयाँ पाउनेछन् भने उत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही २० हजार रूपैयाँ र इमर्जिङ प्लेयरले १० हजार रूपैयाँ पाउनेछन्।

यसैगरी हरेक खेलका प्लेयर अफ द म्याचले ५ हजार रूपैयाँ पाउनेछन्।

कात्तिक १२, २०७९ शनिबार २१:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।