प्रत्यक्षतर्फकाे २ करोड ३६ लाख मतपत्र छपाइ सम्पन्न

प्रत्यक्षतर्फकाे २ करोड ३६ लाख मतपत्र छपाइ सम्पन्न

काठमाडाैं : निर्वाचन आयोगले प्रत्यक्षतर्फकाे २ करोड ३६ लाख ८० हजार ५०० मतपत्र छपाइ गरेकाे छ।

प्रतिनिधि सभातर्फ १ करोड १८ लाख ९८ हजार र प्रदेश सभातर्फ १ करोड १७ लाख ८२ हजार ५०० गरी कूल २ करोड ३६ लाख ८० हजार ५०० मतपत्र छपाइ सम्पन्न गरेको आयाेगले जनाएकाे छ।

कात्तिक १३ गते सुदूरपश्चिम प्रदेशका  कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बझाङ, बैतडी र दार्चुलामा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र ढुवानी हुने आयाेगका प्रवक्ता शालिग्राम शर्मा पाैडेलले जानकारी दिए।

यसैगरी यी जिल्लामध्ये समानुपातिकतर्फको मतपत्र ढुवानी हुन बाँकी रहेका जिल्लामा समानुपातिकतर्फको पनि मतपत्र ढुवानी हुनेछ भने अस्थायी मतदाताका लागि आवश्यक पर्ने समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र पनि ढुवानी हुने उनले बताए।

कात्तिक १२, २०७९ शनिबार २१:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।