खुकुरी हानेर काकाको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ

प्रतिकात्मक तस्बिर
खोटाङ : आफ्नै काकाको हत्या आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।
५९ वर्षीय मान बहादुर राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ हाबुभञ्ज्याङ बस्ने ४२ वर्षीय पत्थरमान राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
आपसी वादविवादको क्रममा मादक पदार्थ सेवन गरेका पत्थरमानले खुकुरी प्रहार गर्दा मान बहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी नुनथलाले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
कात्तिक १२, २०७९ शनिबार २०:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।