सिन्धुलीमा दुईटा मोटरसाइकल एकापसमा ठोकिए, एक जनाको मृत्यु

सिन्धुली: हरिहरपुरगढी गाउँपालिका- ३ मा आज दुई वटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ।मकवानपुरबाट काठमाडौं आउँदै गरेको ना५१प ७६३९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ना३३प ४७६० नम्बरको मोटरसाइकल आज बिहान पौने ९ बजे आपसमा ठक्कर खाएका हुन्।
दुर्घटनामा ४७६० नम्बरको मोटरसाइकलका चालक स्थानीय ५० वर्षीय विश्वकुमार श्रेष्ठको मृत्यु भएको छ। गम्भीर घाइते भएका श्रेष्ठको उपचारको क्रममा सामुदायिक अस्पतालमा हेटौँडामा मृत्यु भएको हो।
दुवै मोटरसाइकल र अर्का चालकलाई प्रहरी चौकी हरिहरपुरगढीले नियन्त्रणमा लिएको छ।
कात्तिक १२, २०७९ शनिबार १३:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।