अमेरिकी सभामुखका श्रीमान्माथि हिंस्रक आक्रमण, टाउको र पाखुरामा चोट

एजेन्सी: अमेरिकी तल्लो सदनका सभामुख न्यान्सी पेलोसीका ८२ वर्षीय श्रीमान्माथि हिंस्रक आक्रमण भएको छ। क्यालिफोर्नियाको सान फ्रान्सिस्कोस्थित पेलेसी निवासमा शुक्रबार बिहानै पसेका आक्रमणकारीले पल पेलोसीलाई आक्रमण गरेर घाइते बनाएका सभामुखका सहयोगी ड्रु ह्यामिलले एक विज्ञप्ति निकालेर जनाएका छन्।
आक्रमणकारीलाई हिरासतमा लिइएको तथा आक्रमणको अनुसन्धान भइरहेको छ। अस्पताल भर्ना भएका पललाई शीघ्र स्वास्थ्य लाभ हुने अपेक्षा गरिएको ह्यामिलले बताएका छन्। घटना हुँदा सभामुख पेलोसी सान फ्रान्सिस्कोमा थिइनन्।
सभामुख न्यान्सी अमेरिकाकी शक्तिशाली नेतृमध्ये पर्छिन्।
पलको भने टाउको, दाहिने हात र पाखुरामा चोट लागेको छ। उनी छिटै निको हुने बताइएको छ।
कात्तिक १२, २०७९ शनिबार १२:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।