कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक, बीपीकालीन दस्तावेजदेखि स्थानीय तहमा घोषणा गरिएको विषयवस्तुमा आधारित

काठमाडौं: नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि पार्टीको चुनावी सङ्कल्पपत्र (घोषणापत्र) सार्वजनिक गरेको छ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमार्फत घोषणापत्र सार्वजनिक गरेका हुन्।
घोषणापत्रमा ‘संविधानको रक्षा, स्थायित्व र समुन्नतिसहितको आधार: नेपाली कांग्रेसको नेतृत्त्वमा अबको सरकार’ भन्ने मूल नारा रहेको छ। साथै समसामयिक राजनीति, निरन्तरतामा नवीनता, सम्मुन्नत नेपालको मार्गचित्रलगायतका विषयवस्तु समेटिएको छ।
सङ्कल्पपत्र तयारी समितिका संयोजक विश्वप्रकाश शर्माले बीपीकालीन दस्तावेजदेखि स्थानीय तहसम्म पार्टीका तर्फबाट घोषणा गरिएको विषयवस्तुका आधारमा घोषणापत्र तयार गरिएको बताए।
घोषणापत्रमा विगत पाँच वर्षको समीक्षासहित साझा राष्ट्रिय कार्यसूची र नेपाली कांग्रेसको दृष्टिकोण, संविधान सम्बन्धमा नेपाली कांग्रेसको दृष्टिकोण लगायतका विषय समेटिएको छ।
यस्तो छ घोषणापत्रको पूर्णपाठ
कात्तिक १२, २०७९ शनिबार १२:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।