माडीमा खुकुरी प्रहार गरेर ३२ वर्षीय नेपालीको हत्या, एक जना पक्राउ

माडीमा खुकुरी प्रहार गरेर ३२ वर्षीय नेपालीको हत्या, एक जना पक्राउ

चितवन: खुकुरी प्रहारबाट माडीमा एक जनाको हत्या भएको छ। आज बिहान १ बजे माडी नगरपालिका–४ धुसेरीका ३२ वर्षीय जीवन नेपालीलाई खुकुरी प्रहार गरी हत्या गरिएकोे हो।

हत्या आशङ्कामा प्रहरीले गैँडाकोट नगरपालिका–७ का ३४ वर्षीय सुरेशबहादुर कुमाललाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजयराज पण्डितका अनुसार नेपाली आज आफ्नै घरमा मृतावस्थामा भेटिएका थिए। उनको टाउकोमा गहिरो चोट लागेको र घटनास्थलमा खुकुरी भेटिएको थियो।

नेपालीको हत्या गरेको आशङ्कामा कुमाललाई पक्राउ गरिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

कात्तिक १२, २०७९ शनिबार ११:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।