इटहरीमा दुईटा मोटरसाइकल एकापसमा ठोकिँदा तीन जनाको मृत्यु

सुनसरी: इटहरी उपमहानगरपालिका- १० मा हिजो साँझ दुई वटा मोटरसाइकल एकापसमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ। विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १-०२-०४१प ४४११ र विपरीत दिशाबाट आउँदै गरेको को४प १४१० नम्बरको मोटरसाइकल हिजो साँझ ६ बजे आपसमा ठोकिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका ४४११ नम्बरको मोटरसाइकलका चालक मोरङको विराटनगरका ४६ वर्षीय ओझराज लुईंटेल, १४१० नम्बरको मोटरसाइकलका चालक सुनसरीको धरान उपमहानगरपालिका- १५ का ४० वर्षीय राजन राई र पछाडि सवार ३२ वर्षीय रामु राईको उपचारको क्रममा विराटनगरस्थित आर्या न्यूरो अस्पतालमा हिजो साँझ नै मृत्यु भएको हो।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
कात्तिक १२, २०७९ शनिबार ०९:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।