कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं: सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ। मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको लागि कांग्रेसले आज एक कार्यक्रमका बीच घोषणापत्र सार्वजनिक गर्ने भएको हो।

आज बिहान १० बजे केन्द्रीय पार्टी कार्यालय सानेपमा एक कार्यक्रम आयोजना गरेर प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गर्नेछन्।

यसअघि तिहारअघि नै घोषणापत्र सार्वजनिक गर्ने कांग्रेसको तयारी भए पनि देउवाको फुर्सद नभएकाले स्थगित भएको थियो।

कात्तिक १२, २०७९ शनिबार ०९:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।