विश्वकपमा आज न्युजिल्याण्ड र श्रीलङ्का भिड्ने

विश्वकपमा आज न्युजिल्याण्ड र श्रीलङ्का भिड्ने

काठमाडौं: अष्ट्रेलियामा जारी टी ट्वेन्टी विश्वकपअन्तर्गत आज न्युजिल्याण्ड र श्रीलङ्काबीच खेल हुँदैछ। नेपाली समयअनुसार खेल दिउँसो १:४५ बाट सुरु हुनेछ।

खेल सिड्नीमा हुनेछ। समूह १ अन्तर्गत हाल न्युजिल्याण्ड दुई खेलमा एक जित र एक नतिजाविहीन हुँदै तीन अंकसहित शीर्ष स्थानमा छ। श्रीलङ्का दुई खेलमा एक जित र एक हारसहित २ अंक पाएर पाँचौँ स्थानमा छ।

यसअघि हिजो हुने भनिएको यो समूहको दुई वटा खेल वर्षाले प्रभावित बन्यो। त्यसो हुँदा टोलीहरू अंक बाँड्न बाध्य भएका थिए।

कात्तिक १२, २०७९ शनिबार ०७:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।