साथीलाई छाेड्न जाँदा गाडी राेकेर वडाध्यक्षमाथि आक्रमण

साथीलाई छाेड्न जाँदा गाडी राेकेर वडाध्यक्षमाथि आक्रमण

बुटवल : रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भनुभक्त पाण्डे माथि आक्रमण भएको छ।

गएराति बाँसगढीबाट तमनगर साथीलाई घर छोड्न जाने क्रममा सैनामैना–२ कालिका चोकमा उनीमाथि आक्रमण भएको हो।

आक्रमण गर्नेहरू नेपाली कांग्रेस समर्थक तरूणदलका कार्यकर्ता भएको वडाअध्यक्ष भनुभक्त पाण्डेले बताए।

‘एक समूहले मेरो गाडी पछ्याउदै आए, गाडी रोकेर म र मेरो गाडीमा आक्रमण गरे’, उनले भने।

आक्रमणबाट वडाध्यक्ष पाण्डे सामान्य घाइते भएका छन् भने उनको गाडीको अगाडिको सिसा फुटेको छ।

आक्रमण गर्ने सैनामैना–२ का कसिस श्रेष्ठ, वडा नम्बर ४ का राजन कला मगर, र वडा नम्बर ५ का अर्जुन भुसलाई ईलाका प्रहरी कार्यलय रन्यौरा मुर्गियाले नियन्त्रणमा लिएको छ।

कात्तिक ११, २०७९ शुक्रबार १९:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।