६९ जिल्लामा पुग्यो समानुपातिक तर्फको मतपत्र, ढुवानीलाई तीव्रता दिँदै आयाेग

६९ जिल्लामा पुग्यो समानुपातिक तर्फको मतपत्र, ढुवानीलाई तीव्रता दिँदै आयाेग

काठमाडौं : निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतपत्र तथा निर्वाचन सामाग्रीको ढुवानीलाई तीव्रता दिएको छ।

हालसम्म समानुपातिकतर्फको प्रतिनिधि सभा तथा प्रदेश सभाका मतपत्र ८ वटा जिल्ला बाहेक सम्पूर्ण जिल्लामा ढुवानी भइसकेको छ भने केही दुर्गम जिल्लामा बाटोघाटो अवरोध भएका कारण मतपत्र ढुवानीको काम बाँकी रहेको आयोगले जनाएको छ।

प्रत्यक्ष तर्फका मतपत्र अबका केही दिनमा दुर्गम जिल्लाबाट ढुवानीको क्रम सुरु गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

त्यसैगरी आयोगले शुक्रबारदेखि विभिन्न ५७ प्रकारका निर्वाचन सामाग्रीहरू मतपेटिका, छेकाबारा, स्वस्तिक छापलगायतको ढुवानी कार्य आज शुक्रबारबाट ढुवानी सुरु गरेको छ।

शुक्रबार बाटै सुदूरपश्चिम, कर्णाली र पूर्वाञ्चलका जिल्लाहरूमा उक्त निर्वाचन सामग्री ढुवानी सुरु गरिएको हो।

अब दुर्गम जिल्लाहरूमा निर्वाचन सामग्रीको ढुवानी गरिने र त्यहाँबाट जिल्ला निर्वाचन कार्यालयमार्फत ती सामग्रीलाई सम्बन्धित निर्वाचन अधिकृतलाई बुझाउने र निर्वाचन अधिकृतले मतदान अधिकृतलाई बुझाउनेछन्।

आयोगले पूर्व निर्धारित कार्यतालिका अनुसार नै निर्वाचन सामग्रीको ढुवानी कार्य भइरहेको जनाएको छ।

कात्तिक ११, २०७९ शुक्रबार १८:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।