टी ट्वेन्टी विश्वकप : वर्षाका कारण आयरल्याण्ड र अफगानिस्तानले अंक बाँडे

तस्बिर- इएसपीएनक्रिकेट
काठमाडौं : अस्ट्रेलियामा जारी टी–ट्वेन्टी विश्वकपमा ग्रुप वान अन्तरगतको अफगानिस्तान र आयरल्याण्डको खेल एक खेल पनि नखेली रद्द भएको छ।
शुक्रबार विहान पौने १० बजेबाट हुने भनिएको खेल मेलबर्नमा वर्षा नरोकिएपछि रद्द भएको आईसीसीले जनाएको छ। खेल रद्द भएसँगै दुवै टीमक एक–एक अंक बाँडेका छन्।
योसँगै आयरल्याण्ड ग्रुप वानको दोस्रो स्थानमा उक्लिएको छ भने अफगानिस्तान दुई अंकसहित अंक तालिकाको अन्तिममा छ।
कात्तिक ११, २०७९ शुक्रबार १२:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।