विमानस्थलको रनवेमा मोटरसाइकल चलाउँदा दुर्घटना, दुई जनाको मृत्यु

विमानस्थलको रनवेमा मोटरसाइकल चलाउँदा दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं: अर्घाखाँचीको सन्धिखर्कस्थित निर्माणाधीन विमानस्थलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार गए राति सन्धिखर्क–१० शिखरबार्नीमा निर्माणाधीन विमानस्थलको रनवेमा मोटरसाइकल चलाउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको हो।

प्रदेश नं २–०३८प ५०३२ नंको मोटरसाइकल दुर्घटनामा सन्धिखर्क नगरपालिका–१ मिडिया चोकका २६ वर्षीय रोशन सुनाम र हललाइनका २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको डीएसपी रिजालले जानकारी दिए।

यस्तै बा २५ प ८८७६ नंको मोटरसाइकलमा सवार सन्धिखर्क–२ आटिकापाटा ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते भएका छन्। घाइते दुवैको बुटवलस्थित मर्सिटी अस्पतालमा उपचार भइरहेको छ।

अत्यधिक गतिका कारण घटना भएको प्रहरीको प्रारम्भिक अनुुसन्धानबाट खुलेको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कात्तिक ११, २०७९ शुक्रबार ०९:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।