विश्वकपमा आज अष्ट्रेलिया-इङ्ग्ल्याण्डबीच भिडन्त, अफगानिस्तानले आयरल्याण्डको सामना गर्ने

विश्वकपमा आज अष्ट्रेलिया-इङ्ग्ल्याण्डबीच भिडन्त, अफगानिस्तानले आयरल्याण्डको सामना गर्ने

काठमाडौं: जारी टी ट्वेन्टी विश्वकपअन्तर्गत आज दुई खेल हुँदैछन्। आज आयोजक राष्ट्र अष्ट्रेलिया र इङ्ग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ।

मेलवर्न क्रिकेट ग्राउण्डमा हुने खेल नेपाली समयअनुसार आज दिउँसो १:४५ बाट सुरु हुनेछ।

यस्तै आजको पहिलो खेल भने अफगानिस्तान र आयरल्याण्डबीच हुनेछ। नेपाली समयअनुसार यो खेल बिहान ९:४५ बाट सुरु हुनेछ।

समूह १ का यी चार टोलीमध्ये अफगानिस्तानबाहेक सबैले दुई खेलमा एक जित र एक हार व्यहोरेका छन्। अफगानिस्तानले भने खेल रद्द हुँदा न्युजिल्याण्डसँग अंक बाँडेको थियो।

कात्तिक ११, २०७९ शुक्रबार ०८:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।