पश्चिमी वायुको प्रभावले यी प्रदेशमा आज वर्षा हुँदै

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको कारण वर्षाको सम्भावना रहेको हो।
यतिबेला देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति प्रदेश १ का पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
कात्तिक ११, २०७९ शुक्रबार ०७:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।