टी–ट्वेन्टी विश्वकप : पाकिस्तानमाथि जिम्बावेले १ रनको नाटकीय जित

टी–ट्वेन्टी विश्वकप : पाकिस्तानमाथि जिम्बावेले १ रनको नाटकीय जित
तस्बिर- इएसपीएनक्रिकेट

काठमाडौं : अस्ट्रेलियामा जारी टी–ट्वेन्टी विश्वकप क्रिकेटमा पाकिस्तानमाथि जिम्बावेले १ रनको नाटकीय जित निकालेको छ।

१३१ रनले लक्ष्य पछ्याएको पाकिस्तान निर्धारित ओभरमा १२९ रनमा समेटिएपछि जिम्बावेले जित निकालेकाे हाे।

पाकिस्तानका लागि साह मसुदले ४४, मोहम्मद नवाजले २२, साहब खानले १७, मोहम्मद रिजवानले १४ तथा मोहम्मद वसीले नटआउट १२ रन बनाए।

पाकिस्तानलाई जितका लागि अन्तिम ओभरमा ११ चाहिए पनि त्यसलाई हात पार्न सकेन्। अन्तिम बलमा तीन रन चाहिएकोमा ब्राड इभान्सले त्यसलाई रोक्न सफल रहे।

बलिङतर्फ सिकन्दर राजाले तीन, ब्राड इभानले दुई तथा लुक जोङ्गे र ब्लेसिङ मुजरबानीले समान एक–एक विकेट लिए।

त्यसअघि पर्थमा टस जितेर पहिला ब्याटिङ रोजेको जिम्बावेले निर्धारित ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको थियो। उसका लागि सिल विलियम्सन्सले ३१, ब्राड इभान र सिरेग अर्भाइनले समान १९–१९, विसली मादरभेरेले १७, र्यान ब्रुलले १० रन बनाए।

बलिङतर्फ मोहम्मद वसीमले चार, साहब खानले तीन तथा हरिस रौफले एक विकेट लिए।

पाकिस्तानको यो लगातार हार हो र शून्य अंकमा रहेको छ । जिम्बावेको भने दुई खेलबाट तीन अंक भएको छ ।

कात्तिक १०, २०७९ बिहीबार २०:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।