राष्ट्रपति र प्रधानमन्त्रीले लगाएनन् भाइटीका

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले यसपटक भाइटीका लगाएका छैनन्।
राष्ट्रपति भण्डारीको माइतीतर्फ जुठो परेकाले यसवर्ष उनले भाइटीका नमानाएको स्वकीय सचिव शिव भट्टराईले जानकारी दिए।
उनका तीन भाइमध्ये दुई अमेरिका र एक नेपालमै छन्। उनले यसवर्ष दशैंमा पनि आमाको हातको टीका ग्रहण गरेकी थिइनन्।
यस्तै, प्रधानमन्त्री देउवाले भनले भ्रातृशोकका कारण टीका नलगाएका हुन्। उनका भाइ प्रेमबहादुर देउवाको जेठ ३ गते निधन भएको थियो।
भाइ वितेको एक वर्ष पूरा नभएकाले देउवाले टीका नलगाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
देउवाले यसवर्ष दशैंको टीका पनि लगाएका थिएनन्।
कात्तिक १०, २०७९ बिहीबार १६:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।